रेशम चौधरी झूट बोलेको यसरी भयो प्रमाणित ! - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

रेशम चौधरी झूट बोलेको यसरी भयो प्रमाणित !



काठमाडौं: टीकापुर नरसंहारमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका निलम्बित सांसद रेशमलाल चौधरी घटनास्थलमै भएको उनको कल डिटेल्स र बीटीएस रेकर्डले देखाएको छ ।

टीकापुर नरसंहारका सम्बन्धमा बुधबार जिल्ला अदालत कैलालीले फैसला गर्दै चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइसकेको छ ।

फैसला सुनाउनुअघि रेशमलाल चौधरीले आफू घटनास्थलमा नभएको र घटनामा आफ्नो संलग्नता नरेको दाबी गरे पनि चौधरीको कल रेकर्ड र बीटीएस रेकर्डबाट चौधरीले झूट बोलेको पुष्टि भएको अदालतको ठहरमा उल्लेख छ ।

१ सय ९७ पृष्ठ लामो फैसलाको पूर्ण पाठमा अदालतले कल डिटेल्स तथा बीटीएस टावर रेकर्डका आधारमा चौधरीको संलग्नता पुष्टिको आधार तयार हुने लेखिएको छ ।