विप्लवको बन्दले दाङको जनजीवन कस्तो छ ? - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

विप्लवको बन्दले दाङको जनजीवन कस्तो छ ?



दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ ।

बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि बन्द छन् । गिरफ्तारभएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उनीहरुले राप्ती बन्दको आह्वान गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न, राज्य सरकारको रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मूल्य मान्यता स्थापित गर्न बिहिवार एक दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्।

देशैभर र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेता कार्यकर्ताहको घर खानतलासी, गालीगलौज, आतंकित पार्ने र रोल्पा, दाङलगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने गतिविधि भैरहेकाले यस्ता गतिविधिको विरोध गर्दै बन्द आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।