उत्तर कोरियाले फेरि थाल्यो रकेट प्रक्षेपण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

उत्तर कोरियाले फेरि थाल्यो रकेट प्रक्षेपण



भूउपग्रहबाट प्राप्त नयाँ तस्विरहरुले उत्तर कोरियाले यसअघि नष्ट गर्छु भनेर प्रतिबद्धता जनाएको रकेट प्रक्षेपण केन्द्रमा पुनः निर्माण कार्य शुरु गरेको छ ।

परमाणु निःशस्त्रीकरणको विषयमा अमेरिका र उत्तर कोरियाबीच भियतनाममा भएको वार्ता असफल भएको दुई दिनपछि ती तस्विरहरु लिएका थिए ।

यसअघि तोङचाङ–री साइटको प्रयोग भूउपग्रह र इन्जिन परिक्षणको लागि गर्ने गरिन्थ्यो । त्यहाँबाट हालसम्म कुनै पनि क्षेप्यास्त्र प्रक्षेपण गरिएको छैन ।

उक्त क्षेत्रलाई नष्ट गर्ने कार्य गत वर्षदेखि शुरु भएको थियो । तर, अहिले वार्ता असफल भएपछि उक्त काम अहिले रोकिएको छ ।

यता, अमेरिकाले भने उत्तर कोरियाले चाँडै परमाणु निःशस्त्रीकरणको लागि कदम नचाले थप प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

अमेरिकी थिङ्क ट्याङ्क र दक्षिण कोरियाली गुप्तचरहरुबाट प्राप्तभूउपग्रहबाट तस्विरमा उत्तर कोरियाले तोङचाङ–रीको सोहायेमा रकेट लञ्चप्याडको निर्माण गरिरहेको देखिएको छ ।

सन् २०१२ देखि सोहाये उत्तर कोरियाको मुख्य भूउपग्रह प्रक्षेपण केन्द्र बन्दै आएको छ । त्यहाँ अमेरिकासम्म पुग्ने क्षेप्यास्त्रको इन्जिनको परिक्षण पनि गरिन्थ्यो ।