रामकुमारी झाँक्रीले भनिन : ‘विद्या दिदी म तपाईसंग हजार पटक हारेँ’ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रामकुमारी झाँक्रीले भनिन : ‘विद्या दिदी म तपाईसंग हजार पटक हारेँ’



नेकपाकी सांसद तथा एमाले नेतृ रामकुमारी झाँक्रीले बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको साहसलाई सम्मान गर्दै सलाम गरेकी छिन् ।

उनले आफ्ना पती रवीन्द्रको असामयिक निधनमा पनि आफुलाई सम्हाल्दै परिवार,साथीभाइ र सिंगो पार्टीपंक्तीलाई विद्याले सम्हाल्न सकेकोमा सलाम गरेकी हुन् । झाँक्रीले रवीन्द्र अधिकारीको निधनले एउटा सच्चा अभिभावक र साथी गुमाएको बताएकी छिन् ।

उनले फेसबुकमा भावुक स्टाटस लेख्दै यसो भनेकी छन ‘आज विहानै झिसमिसेमै उठेर पोखरा पुग्यौ। सधै दाई हामीसंगै हुनुहुन्थ्यो पोखरा पुग्दा तर आज त्यही मुस्कान सहितको तस्विरको थियो त्यसको मुनी “हार्दिक श्रद्दान्जली” लेखेको यो दृश्यले नमिठो गरी चिमट्यो ।’