हिन्दुविरुद्ध बोलेको भन्दै मन्त्रीलाई नै बर्खास्त गरे इमरान खानले - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

हिन्दुविरुद्ध बोलेको भन्दै मन्त्रीलाई नै बर्खास्त गरे इमरान खानले



एजेन्सी– पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज अल हसन चौहानलाई हिन्दुविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रधानमन्त्री इमरान खानले बर्खास्त गरेका छन् ।

चौहानले हिन्दुविरुद्ध अभिव्यक्ति दिएपछि पन्जाबका मुख्यमन्त्रीले उनीसँग स्पष्टिकरण सोधेका थिए । त्यसपछि चौहानले राजीनामा दिए । मुख्यमन्त्रीले इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तहरिक ए इन्साफलाई कुनै पनि भेदभाव सह्य नभएको बताएका छन ।

चौहानले हिन्दुले गाइको पिसाब (गौमुत्र) पिउने बताउँदै भारतले पाकिस्तानसँग कुनै पनि हालतमा लड्न वा जित्न नसक्ने बताएका थिए । उनले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो । पाकिस्तानमा सामाजिक सन्जालमा मात्र होइन, पार्टीमै पनि उनको निकै ठूलो आलोचना भएको थियो । उनको यो अभिव्यक्तिपछि सामाजिक सन्जालमा उनलाई बर्खास्त गर्नु पर्ने र हिन्दु भन्ने विषय भाइरल हुन थालेको थियो