राप्रपा संयुक्तको सरकारलाई चुनौती : दम भए थुनेर देखाउ ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

राप्रपा संयुक्तको सरकारलाई चुनौती : दम भए थुनेर देखाउ !



राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा पशुपतिशमशेर र राणा र प्रकाशचन्द्र लोहनी तस्वीर : कमल रिमाल
पार्टीका अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आँट भए थुनेर देखाउन सरकारलाई चुनौती दिए ।

“संविधानमा भएको कुरामा असहमति जनाउँदा कसैले कसैले थुन्छ भने थुनोस ‘च्यालेन्ज’ छ”, अध्यक्ष लोहनीले भने । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकाे आरोप लगाए ।

अर्का अध्यक्ष राणाले आन्दोलन आगामी वैशाखबाट आन्दोलन थालिने बताए । त्यसको तयारीकै लागि १ नम्बर प्रदेशमा आएको भन्दै उनले लगत्तै २ नम्बरमा जाने, चैतमा ५, ६ र ७ मा र अन्तिममा ३ र ४ नम्बर प्रदेशमा तयारी गरेपछि आन्दोलन गर्ने उनको भनाइ छ ।

“आन्दोलनलाई कहांसम्म पुर्‍याउन सक्छौँ, त्यो हेछौँ र जनमत संग्रहमा पनि जान सक्छौं” जबराले भने ।

अहिलेको संविधानलाई आलोचनात्मक समर्थन मात्र गरेको राणाको भनाई छ ।

फरक प्रसंगमा अध्यक्ष राणाले कमल थापाले ४, ५ दिनको समय दिन नसकेको र चुनाव चिन्हका कारण पार्टी एकीकरण हुन नसकेको बताए । “हलो पहिलेदेखिकै चिन्ह हो, हामी हलो भन्दा अन्यत्र जान सक्दैनौँ” जबराले भने ।