विप्लवलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विप्लवलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी



प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई कम्युनिस्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन् ।

मंगलबार झापाको खुदुनाबारीमा सुखानी सहिद स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा जनता मार्ने, लुट मच्चाउने, चन्दा असुल्ने र विस्फोट गराउने कार्य बन्द गर्न निर्देशन दिए ।

देशमा सबै कम्युनिस्टहरु एक ढिक्का भइसकेको भन्दै उनले ‘कोही सच्चा कम्युनिस्ट छुटेको भए नेकपाको ढोका खुला छ’ उनले भने ।