आदिवासीले गरे भारत बन्द : रेल पनि चल्न पाएनन् - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आदिवासीले गरे भारत बन्द : रेल पनि चल्न पाएनन्



काठमाडौं– आदिवासी र वनवासीले मंगलबार भारत बन्दको आह्वान गरेका छन् । भारतीको अदालतले १३ फेब्रुअरीमा २१ राज्यका ११ करोड आठ लाख वनवासी र आदिवासीलाई वनभूमिबाट हटाउने आदेश सुनाएको थियो । तर, त्यसपछि निर्देशनमा रोक लगाएको थियो । अदालतले राहत दिएपनि उनीहरुले आन्दोलन जारी राखेका हुन् ।

उनीहरुले यो नर्देशन जुनकुनै बेला उल्टन सक्ने भन्दै आफ्नो अधिकारको संरक्षण हुने आदेश आउनु पर्ने माग राखेका छन् । उनीहरुले १३ प्वाइन्ट रोस्टरको सट्टा २०० प्वाइन्ट रोस्टर लागू गर्न माग गरेका हुन् ।
बन्दका कारण केही राज्य प्रभावित बनेका छन् । दिल्लीमा मण्डी हाउसदेखि जन्तरमन्तरसम्म आदिवासीले आज जुलुस निकाल्दै छन् ।

यसमा राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताहरु पनि सहभागी हुने बीबीसी हिन्दीले उल्लेख गरेको छ । बन्दको असर शुरु भएको छ । आन्दोलनकारीहरुले उत्तर प्रदेशको प्रयागराजमा समाजवादी पार्टीका कार्यकर्ताहरुले इलाहाबादबाट लखनउ जाँदै गरेको रेल रोकेका छन् । गंगा गोमती एक्सप्रेस रोकेका हुन् । कामका लागि हिडेका मानिसहरु बाटोमै रोकिनु परेको आजतकले लेखेको छ ।