प्राईम टेलिभिजन प्रसारणमा प्रतिबन्ध - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

प्राईम टेलिभिजन प्रसारणमा प्रतिबन्ध



लुकासा – टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ।

निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन्।

“गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले उल्लेख गरेका छन्।

सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणको बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए।

गलत, असन्तुलित, बनावटी सामाचार तथा अन्य सामग्रीहरु प्रसारण गरेर कानुनको उलंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको उनले बताए।

पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्न समेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको उनले बताए।

उनले यो टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उलङ्घन नै कारण भएको दावी पनि गरे।

सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै सो टेलिभिजनका विरुद्धमा उजुरी परेको पनि उनले जानकारी दिए। रासस/सिन्ह्वा