महाशिवरात्रीको पछाडी लुकेको विज्ञान यस्तो छ।
महाशिवरात्रीको राति भगवान् शिव र पार्वतीको विवाह भएको रातको रूपमा मनाइन्छ । वर्षमा बाह्र देखि तेह्र पटक शिवरात्री पर्दछ भने महाशिवरात्री वर्षको एक पटक पर्दछ ।महिनाकै सबै भन्दा कालो रातको दिन महाशिवरात्री मनाइन्छ । ३००० वर्ष पूर्व सामन्य संवतमा योगी काहोली कौषतकीले आफ्नो पुस्तक “कौषतकि ब्राह्मण ” मा शिवरात्रीको महिमा लेखेका छन् ।यसको मतलब हामीले ५००० महाशिवरात्री मनाउँदै आएका छौ ।यो रात ध्यान गर्दा गर्दा शिव र कैलाश पर्वत एक भएको कथा छ । मतलब शिव आफ्नो ध्यानमा यति मग्न हुनुभयो कि आफू हुनु र नहुनुमा कुनै भेद पाउनु भएन ।
अध्यात्मका पहिला गुरु आदियोगी ( त्यतिबेलाका वैज्ञानिक ) भगवान् शिव हुन । उनका क्रमशः चेला आज पनि यो धर्तीमा छन्। भगवान् शिवका चेलाहरूले अचेलका मानिसले बुझ्न सक्छन् भनेर महाशिवरात्री मनाउनुको वैज्ञानिक कारण पनि बताइदिन थालेका छन् । उनीहरूका अनुसार -“यो रात पृथ्वीको भूमध्य रेखाबाट सिधा माथि तर्फ विशेष शक्ति प्रवाहित हुने गर्दछ । उक्त ऊर्जालाई विज्ञान को भाषामा सेन्ट्रीफ्युगल फोर्स भनिन्छ भनिएको छ । उक्त शक्ति शिवको नै प्रमुख रूप हो ।
शिव बाट एटम बनेको छ । महाशिवरात्रीको रात उक्त ऊर्जा मानवको ढाडबाट सिधा माथि तर्फ बग्दछ ।जसले मानिसको बौद्धिकता वृद्धि गर्न सहयोग गर्दछ भनिन्छ ।यही बौद्धिकता बुद्धको पनि जागृत भएको थियो भनिएको छ । शिव भक्तहरूका अनुसार आज शरीरको ढाड तेर्सो परेमा , सुतेमा , पल्टेर बसेमा उक्त ऊर्जाबाट लाभ लिन सकिन्न ।त्यसैले प्रकृतिको निःशुल्क उपहरलाई उपयोग गरी आफ्नो स्वास्थ्यमा फाइदा लिन चाहनु हुन्छ भने आजको राती आफ्नो ढाड सिधा पारेर बस्ने वा उठ्ने , डुल्ने , टि भि हेरेर बस्ने गर्नुहोला , शिवको मन्दिरमा गएर पूजा गर्दै , भजनमा नाच्दै रात बिताउनुहोला । तपाइको बौद्धिकतामा उन्नति हुनेछ ।
आजको रात केवल जागेर बस्ने रात मात्र नबनोस , जागृतिको रात बनोस् । शिवले जस्तै आफ्ना शत्रु ( सुख , दुख , माया , लोभ , अहन्कार , रिस, चाहना , लक्ष्य आदि) माथि विजय पाएको रात बनोस् ।शिवलाई जान्नेहरूले अनुरोध गर्दै यो जानकारी दिन्छन् कि आजको राती देखि भोलि बिहान सम्म आफ्नो ढाड सिधा बनाइ , नसुती बसेमा तपाइको (मानव मात्रको) मानसिक स्वास्थ्यमा निकै ठुलो फाइदा पुग्नेछ ।
जय शम्भु ।जय महाशिवरात्री ।
सुरेन्द्र के. सी ।( डण्डा, कावासोती -१६ )
उक्त विचार लेखकको निजि विचार हो ।