ग्यासको मूल्य बढाउन यस्तो चलखेल ! - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ग्यासको मूल्य बढाउन यस्तो चलखेल !



काठमाडौं । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् ।

कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेसँगै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरीत कार्य गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारवाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सम्बन्धित निकाय मौन देखिन्छन् ।

उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च÷वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । –कान्तिपुर दैनिकबाट