मोदीले भने : पाकिस्तान भारतदेखि डरायो ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मोदीले भने : पाकिस्तान भारतदेखि डरायो !



भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारत नयाँ भारत हो, त्यो बदलिएको भारत हो भनेका छन्।

उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताएका छन्।

दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।”

मोदीले आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक भएको बताएका छन्।

उनले भने, “देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ।”

भारतको पराक्रमबारे मोदीले के भने?
मोदीले दोहोर्‍याएर भने, “घर भित्र र बाहिरका दुवैको बारेमा भन्दै छु। यो डर राम्रो हो। अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो।

मोदीको भनाइमा एकातिर देश सेनासँग काँधमा काँध मिलाइरहेको छ भने अर्कोतिर त्यसबारे कतिपय मानिसहरूले शंका गरिरहेका छन्।

उनले भने, “ती मानिसहरूले मोदीको विरोध गर्दा गर्दै अब देशको विरोध गर्न थालेका छन् र देशलाई नै नोक्सान गर्न थालेका छन्। म ती मानिसहरूलाई सोध्न चाहन्छु के तपाईँहरूलाई हाम्रो सेनाको सामर्थ्यप्रति विश्वास छैन?”

उनले रफाल नामक युद्धक विमानको विरोध गर्नेहरूलाई पनि जबाफ दिन भ्याए।

उनले भने, “अचेल रफालको कमीबारे पनि चर्चा भइरहेको छ। आज देशमा रफाल भएको भए परिणाम अर्कै हुनेथियो।” बीबीसी