कृष्ण ओली र रुपा ओलीको सत्य कहानी 'बैसाखी' (भिडियो सहित) - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कृष्ण ओली र रुपा ओलीको सत्य कहानी ‘बैसाखी’ (भिडियो सहित)



समीर प्रकाश पाण्डे

करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्ण ओली र उनकी जीवन सँगिनी रुपा ओलीको वास्तविक घटनालाई लिए हालै मात्र लोक दोहोरी गीत “बैसाखी” सार्वजनिक भएको छ ।

देवी म्युजिक सोलुशनले बजारमा ल्याएको गीतमा लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको स्वर रहेको छ भने रमेश परियारले लय/ शब्द गरेका छन् ।

वास्तविक जीवन भोगाईमा तयार पारिएको गीतमा जीवनका कठिन मोडमा जीवन साथीले दिएको साथलाई निकै मार्मिक रूपमा समेटिएको छ । आफ्नी प्रेमीकाको सहयोगले गर्दा जीवनमा जिउनको लागी सहज भएको परिवेशलाई गीतमा समावेश गरिएको छ ।

https://youtu.be/6vjYQPmuQ5c