मन्त्री लालबाबु पण्डितले दिए अर्को चेतावनी ! - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मन्त्री लालबाबु पण्डितले दिए अर्को चेतावनी !



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिएका छन् । संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराएका हुन् ।

उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको सो ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने दावी समेत गरे । ‘आफूले अध्यादेशमार्फत् सो ऐन निर्माणको काम अघि नबढाएको भए अहिले पनि मुलुकमा कर्मचारी समायोजनको काम सुरु हुने थिएन,’ मन्त्री पण्डितको भनाइ थियो । हालसम्म ४८ हजार कर्मचारीलाई तीन वटै तहमा समायोजन गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले अव कर्मचारी समायोजनको कामलाई छिट्टै पूर्णता दिने पनि दोहोर्याए ।

मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पारे । उनले संघीय सरकारले आफ्नो कानुन बनाएपछि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक कानुन र वित्तिय हस्तान्तरण लगायतको सबै काम सम्पन्न गर्ने पनि बताए । मन्त्री पण्डितले पहिले स्थानीय तहको निर्वाचन भएकाले त्यसका लागि आवश्यक जनशक्ति लगायतको व्यवस्थापन गर्न ढिलाई हुन गएको पनि बताए ।