अभिनन्दनले भने : भारतीय मिडिया सबैभन्दा खत्तम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अभिनन्दनले भने : भारतीय मिडिया सबैभन्दा खत्तम



पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय वायु सेनाका लडाकु विमान चालक अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ। अभिनन्दनले भारतीय संचारमाध्यमले सानो कुरामा पनि अनावश्यक रूपमा प्रस्तुत गर्ने गरेको बताएका छन।

उनले भनेका छन , ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन। सानो कुरालाई पनि आगो लगाएर प्रस्तुत गर्छन खुर्सानी लगाएर प्रस्तुत गर्छन। जसको बहकाउमा स्थानीय आउने गर्छन।’ बुधबार लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी हवाई क्षेत्रमा पुगेका अभिनन्दनलाई पाकिस्तानी वायु सेनाले विमान ध्वस्त पार्दै उनलाई कब्जामा लिएको थियो।

अभिनन्दनले भारत बुझाइनुपहिले एक भिडियोमा पाकिस्तानमाथि विमानबाट बमबारी गर्न लाग्दा पाकिस्तानी वायु सेनाले झारेको भनेका छन।

उनले उक्त भिडियोमा आफ्नो विमान ध्वस्त भएपछि प्यारासुटबाट पाकिस्तानी भूमिमा झरेको बताएका छन। उनले आफूसँग हतियारका रूपमा एक पेस्तोल रहेको र आफूलाई हातपात गर्न आएका स्थानीयलाई तर्साउन प्रयोग गरेको र आफू भागेको बताएका छन।

स्थानीयले आफूमाथि हातपात गर्न लाग्दा दुई पाकिस्तानी सेना आएको र उनीहरूले आफूलाई क्याम्पमा लिएको अभिनन्दनले बताएका छन। उनले पाकिस्तानी सेनालाई आफूसँग राम्रो व्यवहार गरेको बताएका छन।