रवीन्द्र अधिकारीलाई फेसबुकको पनि बिदाई…
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई फेसबूकले पनि बिदाइ गरेको छ ।
अधिकारीको फेसबूक अकाउन्ट मेमोरिलाइज्ड अकाउन्टमा परिणत भएको छ । फेसबूकमा रवीन्द्रको प्रोफाइल खोल्दा देखिन्छ, ‘रिमेम्बरिङ रवीन्द्र अधिकारी ।’
फेसबूकले मृतक व्यक्तिहरूको फेसबूक अकाउन्टलाई मेमोरिलाइज्ड अकाउन्टमा परिणत गर्ने गरेको छ ।