रवीन्द्रको सम्झनामा प्रधानमन्त्रीको यस्तो भावुक वक्तव्य
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफू स्तब्ध भएको बताएका छ्न । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले मन्त्री अधिकारीसहित ६ जनालाई ताप्लेजुङकाे चुहानेडाँडा एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि आफ्नै निर्देशनमा पठाएको बताएका छन् ।
उनले भनेका छन्, ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा। अधिकारी, मेरै निर्देशनमा यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पा सहित तेह्रथुमको चुहान डॉडॉमा नयॉ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो । यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दछु। सरकार साथमा छ । हामी सबै साथ–साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।’
बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा सबै सातजनाको निधन भएको थियो ।