रविन्द्र अधिकारीको निधनप्रति ओली र प्रचण्डले निकाले यस्तो विज्ञप्ती
काठमाडौं । हेलिकप्टर दूर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै नेकपाका दुई अध्यक्षले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै शोक व्यक्त गरेका छन् । बुधबार ताप्लेजुङको पाथिभरा दर्शनगरी फर्किने क्रममा भएको दूर्घटनामा अधिकारी सहित ७ जनाको ज्यान गएको प्र्रति दुबै अध्यक्षले शोक व्यक्त गरेका हुन् ।
उनीहरुले अधिकारीको निधनले पार्टीले एक होनाहार र इमान्दार सदस्य एवं नेता गुमाएको बताएका हुन् । उनले प्रचुर सम्भावना बोकेका नेताको रुपमा रहेका अधिकारीको निधनले एक भरोसायोग्य युवा नेता पार्टीले गुमाएको ठहर समेत दुई नेताहरुले गरेका छन् । उनीहरुले सोही दूर्घटनामा ज्यान गुमाउने उद्यमी आङछिरिङ शेर्पा, राष्ट्र सेवक कर्मचारी र हेलिकप्टरका चालकप्रति समेत श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित एयर डायनेस्टिक हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको छ। ताप्लेजुङ जाने क्रममा पर्यटनमन्त्री अधिकारी सवार एयर डायनेस्टिक हेलिकोप्टर दूर्घटना भएको हो ।
हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी रहेका थिए ।
ताप्लेजुङको पाथिभरा जाने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर पाथिभरा मन्दिरको देब्रेपट्टिको भीरमा दूर्घटना भएको पुष्टि भएको छ । अहिले त्यहाँ झण्डै ४० जना जति स्थानीय र आधा दर्जन जति प्रहरी घटनास्थलमा पुगिसकेका छन् ।