तेस्रो विश्वयुद्ध हुने संकेतहरु - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

तेस्रो विश्वयुद्ध हुने संकेतहरु



एक शताब्दीमा विश्वले दुई विश्वयुद्ध भोगिसकेको छ । यसका कारण करोडौ मानिसहरुले ज्यान गुमाए भने खबौ सम्पत्तिको विनाश भयो । अब केही सुरक्षा विद्हरु तेस्रो विश्वयुद्ध हुने केही संकेतहरु पनि देखा पर्न थालेको बताएका छन् ।

विश्वको शक्ति केन्द्र युनिपोलारबाट मल्टीपोलार भएका कारण पनि विश्वयुद्धको संकेत देखिएको बताएका छन् । विश्वका धेरै राष्ट्रहरुसँग खतरनाक हतियारहरु रहेको र यसको डर हरेक राष्ट्रले महसुस गरेको उनीहरु बताउँछन् ।

विश्वका महान शक्ति राष्ट्रहरु एक–अर्काको विपक्षमा रहेका छन्

संयुक्त राज्य अमेरिका, चीन, रुस जस्ता राष्ट्रहरु एक अर्कालाई बारम्बार चुनौती दिने गरेका छन् । सिरियामा अमेरिका र रुस अगाडि देखिएका छन् । त्यस्तै दक्षिण चीन सागरमा चीन र अमेरिका एकअर्कालाई चुनौती दिइरहेका छन् । यी राष्ट्रहरुबीच युद्ध हुने सम्भावना उच्च रहेको छ ।

शियाको विरुद्ध सुन्नी

सिरिया र इराकको युद्धले इस्लामका दुइृ मुख्य भाग शिया र सुन्नीबीच फाटो ल्याइएको छ । शियाले इरानको समर्थन गरेका छन् । सुन्नीले भने साउदी अरबको समर्थन पाएका छन् । यी दुवैलाई परमाणु हतियारले बलिया मानिएका राष्ट्रहरुको समर्थन रहेको छ ।

एउटालाई अमेरिकाको समर्थन रहेको छ भने अर्कोलाई रसीयाले समर्थन गर्दै आइरहेको छ ।

दक्षिण चीन सागरलाई लिएर तनाब

अमेरिका र चीनबीच दक्षिण सागरलाई लिएर टेन्सन चलिरहेको छ । चीनले दक्षिण चीन सागरमा कृत्रिम आइसल्याण्ड बनाइ राखेको छ । चीनले एक हिसाबले चिनियाँ सागरबाट ताइवान र फिलिपिन्स लगायत अन्य देशहरुलाई आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गर्न खोजेमा युद्धको चुनौती दिएको छ ।

इराकद्धारा आक्रमण

जर्ज बुशले इराकमा अमेरिकाले गरेको आक्रमण तेस्रो विश्वयुद्धको संकेत भएको बताएका थिए ।

इन्टर–कन्टिनेन्टल संघर्ष

पहिलो विश्वयुद्ध झै आइएसआइएसविरुद्ध सबैले युद्धको घोषणा गरेका थिए र धेरै राष्ट्रहरु यस आक्रमणमा सहभागी समेत रहेका छन् । तर, आतंकवादी संगठनहरु विश्वभर फैलिदै चुनौती दिइ रहेका छन् ।

विनाशको तर्क

आइएसआइएसको विरुद्ध लडिरहेका देशहरुको एउटै लक्ष्य रहेको छ । दुश्मनहरुलाई नष्ट पार्नु । यही कारण पनि एक देशले अर्को देशलाई हेर्ने नजर पनि त्यस्तै रहेको छ ।

क्रिमिया क्षेत्रको तनाब

रुस र युक्रेनबीच चलिरहेको तनाब रोकिने पक्षमा देखिएको छैन । क्रिमियाको प्रश्न रहेको छ कि रुसले कब्जा गर्नु समस्याको समाधान होइन । उता रुसी सेना भने उक्त क्षेत्रमा संघर्षरत रहेका छन् ।

आक्रामक नेता

रुसका पुटिन र उत्तर कोरियाका शासक किम–जोङ–उन आक्रामक नेताका रुपमा चिनिन्छन् । उनीहरुले कतिखेर के गर्छन् विश्वास गर्न नसकिने अमेरिकन विश्लेषहरु बताउँछन् । आफ्नो रबाफ देखाउन पनि उनीहरु जस्तोसुकै कदम चाल्न पछि पर्दैनन् ।

गतिशिल अमेरिका

जर्ज डब्लु बुशले इराकमा आक्रमण गरेकै कारण धेरै मानिसहरुले तेस्रो विश्वयुद्धको संघारमा विश्व रहेको बताउँदै आइरहेका थिए ।

केही देशहरु अराजक

छिमेकी राष्ट्रहरुसँग धेरै राष्ट्रहरुको तालमेल राम्रो छैन । उनीहरु आफ्नै छिमेकी राष्ट्रहरुविरुद्ध षडयन्त्र बनाउने र विभिन्न हत्कण्डा अपाउने गरेका छन् । त्यसकारण पनि ठुलो समस्या विश्वले भोगिरहेको छ ।