भारतको आक्रमणबाट ३ सय पाकिस्तानी आतंककारी मारिए ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

भारतको आक्रमणबाट ३ सय पाकिस्तानी आतंककारी मारिए !



भारतीय वायुसेनाका फाइटर विमानको आक्रमणबाट पाकिस्तान अधिनस्थ कास्मिरमा आतंककारीको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको खुलासा भएको छ ।

भारतको मिराज फाइटर जेटले पाकिस्तान अधिनस्थ क्षेत्रमा मंगलबार बिहान आक्रमण गरी ठूलो आतंकवादी शिविर नष्ट गरेको हो ।

भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३ः३० बजे सिमारेखा पार गरेको थियो । मिराज २००० सहितका लडाकु विमानहरू पाकिस्तान अधिनस्थ क्षेत्रमा प्रवेश गरी आतंककारी शिवरमा १००० किलो बम खसालेका थिए ।

भारतीय वायु सेनाले खसालेको बम पड्किदा पाकिस्तानमा रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको र करिब ३०० जना आतंककारी मारिएको दाबी गरिएको इण्डिया टुडेले जनाएकाे छ ।

२१ मिनेटको अपरेशन, १२ मिराज, १००० किलो बम र ३०० सय आतंककारीको मृत्यु

त्यस्तै भारतीय अर्को मिडियाले पनि भारतको पाकिस्तानमाथिको आक्रमणबारे स्पष्ट पार्दै ३०० जनाभन्दा बढी आतंककारीको ज्यान गएको बताएको छ । यसलाई भारतको दोस्रो सर्जिकल स्ट्रइक नाम दिइएको छ । यो भन्दा अगाडि २०१६ मा उडी आक्रमणपछि भारतीय सेनाले सर्जकल स्ट्राइक गरेर पाकिस्तानलाई झट्का दिएको थियो ।

भारतीय वायुसेनाको अपरेशन जम्मा २१ मिनेटको थियो । यो २१ मिनेटमा भारतीय १२ मिराज फाइटरले पाकिस्तानका अलग–अलग स्थानमा हमला गरे । यस हमलामा ३०० भन्दा बढी आतंककारी मारिउको अनुमान गरिएको छ । स्रोतकाअनुसार भारतीय वायुसेनाले बालाकोट र मुजफराबादमा हमला गरेको थियो । भारतीय वायुसेनाले ३०० किलोको बम फालेको थियो ।

यो भन्दा पहिले पाकिस्तानी सेनाका मिडिया शाखा अन्तर–सेवा जनसम्पर्क(आईएसपीआर) का महानिर्देशक मेजर जनरल आसिफ गफूरले ट्वीटबाट भारतीय कारबाहीबारे कन्फर्म गरेका हुन् । तर, भारतले भने कुनै क्षति नभएको जनाएको छ । यसपछि पाकिस्तान भारतसँग आक्रोशित भएको छ । उसले बदला लिन सक्ने बताइएको छ ।