भारतद्वारा पाकिस्तानमाथि आक्रमण ! - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतद्वारा पाकिस्तानमाथि आक्रमण !



भारतीय सेनाको लडाकु विमानले सीमा क्षेत्रको नियन्त्रण रेखा पार गरेर बिस्फोटक पदार्थ (पेलोड) खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विदास्पत कश्मीरको नियन्त्रण रेखा पारेर गरेर भारतीय सेनाको विमानले बिस्फोटक पदार्थ खसालेको पाकिस्तानी सेनाको भनाई छ । घटनामा मानवीय क्षति भने नभएको पाकिस्तानी सेनाले जानकारी दिएको समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गरेका छन्, ‘भारतीय सेनाको विमान मुजफराबाद क्षेत्रबाट प्रवेश गर्‍यो ।’

पाकिस्तान प्रशासित कश्मीरमा प्रवेश गरेको भारतीय सेनाको विमानको प्रतिकारमा पाकिस्तानी हवाई सेना तम्तयार रहेको देखेपछि पेलोड खसालेर भारतीय विमान फर्किएको मेजर जनरल गफूरले उल्लेख गरेका छन् ।

भारतीय सेनाको विमानले खसालेको पेलोड बालाकोट क्षेत्रमा खसेको उनले बताए । यसबाट कुनै क्षति भने नभएको पाकिस्तानी सेनाका प्रवक्ताले उल्लेख गरेका छन् ।

भारतीय सेनाले नियन्त्रण रेखा पार गरेर नियम उल्लंघन गरेको पाकिस्तानी सेनाले जनाएको छ ।