विरक्तिएका प्रचण्ड - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

विरक्तिएका प्रचण्ड



नेकपाका अध्यक्ष प्रचण्ड विरक्तिएका छन् । कार्यदल भंग भएपछि उनी बढी निराश देखिन्छन् । त्यसैले होला, उनले कुनै ठाउँमा गएर अब आफूले कृषि पेशा गर्ने अभिव्यक्ति दिए । यो कुरा बालुवाटार वरपरकाले प्रधानमन्त्री ओलीलाई कानेखुशी गरे । ओलीले यो कुरालाई खासै महत्व दिएनन् ।

तर सचिवालयका सदस्यले प्रचण्डको भाषणलाई अतिरञ्जित गरे । एक जना–सचिवालय सदस्यले भने, ‘कृषक नै बन्नु थियो भने यत्रो जनयुद्ध के को लागि गरेको होला ? २०५१ सालदेखि माओबादीले कृषि पेशा गरिएको भए कमसेकम युवा पलायन हुने थिएनन् । देश कृषिमा आत्मनिर्भर बन्ने थियो । कुरो त ठीकै जस्तो लाग्छ, कसो राजन भट्टराई कमरेड ?

यो सामग्री आजको दृष्टि साप्ताहिकको बक्रदृष्टिबाट ।