सन्दीप लामिछाने लगाएतलाई भारतमा प्रतिबन्ध लगाउन माग - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

सन्दीप लामिछाने लगाएतलाई भारतमा प्रतिबन्ध लगाउन माग



अघिल्लो साता र सोमबार भारत प्रशासित काश्मिरमा आतंकवादी आक्रमणहुँदा ४० जना भन्दाबढी भारतीय सेनाले ज्यान गुमाए। गत बिहीबार ४० सेनाको मृत्यु भयो भने सोमबार ४ सेनाको मृत्यु भयो।

भारतबाट काश्मिर अलग्याउने समूह जैस ए–मोहम्मद इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छ। यस समूहले कास्मिरलाई अलग्याएर पाकिस्तानमा गाब्न चाहान्छ।

भारतले पाकिस्तानले यस आतंकवादी समूह विरुद्ध कदम नचालेको उल्टै प्रश्रय दिएको आरोप लगाएको छ।

भारतले पाकिस्तान नै आक्रमणको योजनाकार भएको आरोप लगाउँदै पाकिस्तान विरुद्ध कडा कदम चलाउने चेतावनी दिएको छ।

यसबीचमा भारतीय क्रिकेट समर्थकहरुले पाकिस्तानी सुपर लिग पिएसएल खेल्ने विदेशी खेलाडीलाई इन्डियन प्रिमियर लिग इपिएल खेल्न प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्।

यदी प्रतिबन्ध लागेको खण्डमा नेपाली युवा लेग स्पेनर सन्दीप लामिछानेसहित पिएसएल खेल्ने अन्य खेलाडीहरु इपिएल खेल्नबाट बन्चित हुनेछन्।

यसबारे भारतीय क्रिकेटको भने कुनै प्रतिक्रिया आएको छैन। सन्दीप गत सिजनदेखि इपिएलमा आवद्ध छन्।

उनी दिल्ली क्यापिटल्सका खेलाडी हुन्। यतिबेला सन्दीप पाकिस्तानी सुपर लिग खेलिरहेका छन्। उनी पिएसएलमा लाहोर कलन्दर्सका खेलाडी हुन्।

भारतले काश्मिर आक्रमण पश्चात सोमबारमात्र पाकिस्तानी कलाकारलाई भारतीय कला तथा चलचित्रको क्षेत्रमा प्रतिबन्ध लगाएको छ।