ओली, प्रचण्ड,देउवालाई बोलाएर राष्ट्रपतिले भ्रष्ट्राचारको कुरा निकालेपछि... - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ओली, प्रचण्ड,देउवालाई बोलाएर राष्ट्रपतिले भ्रष्ट्राचारको कुरा निकालेपछि…



काठमाडौँ। पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्नको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई बोलाएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेटवार्ता भएको हो।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसँगै भ्रष्ट्राचार नियन्त्रणको विषयमा समेत उनीहरुबीच छलफल भएको थियो ।

आर्थिक समृद्धिमा सत्ता पक्ष र प्रतिपक्ष सँगसँगै मिलेर जानुपर्नेमा पनि राष्ट्रपति भण्डारीले जोड दिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुगेका हुन् ।

सो भेटमा उनिहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।