नेकपा एकता संकटमा : यस्तो छ अवस्था - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेकपा एकता संकटमा : यस्तो छ अवस्था



आजको राजधानी दैनिकले नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकता अलमलमा परेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको समाचारमा उल्लेख छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकता अलमलमा परेको हो । तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।

हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् । घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

यस्तै राजधानी दैनिकले २३ बर्षमा ४५ हजार एनजिओ शीर्षकमा गैरसरकारी संस्थाका बारेमा समाचार प्रकाशित गरेकोछ । त्यस्तै घुसकाण्डामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त रामनारायण पाठकले राजीनामा दिएकोबारे समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशित गरेकोछ ।