यसरी भयो मन्त्री र सचिवबीच कुटाकुट - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

यसरी भयो मन्त्री र सचिवबीच कुटाकुट



जनकपुरधाम – उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवकाे उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । स्रोतका अनुसार मन्त्री सचिवबीच टकराव र कुटाकुट अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।