योगेश भट्टराईले भने भ्रष्टाचार प्रकरणको तत्काल छानविन गर - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

योगेश भट्टराईले भने भ्रष्टाचार प्रकरणको तत्काल छानविन गर



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धि विषयमा तत्काल छानविन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धि विवादमा मुछिएका पाठकले आफनो पदबाट राजीनामा दिए पनि पूर्व आयुक्तको हैसियतमा उनीमाथि छानविन गरी कार्वाही गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगसँग माग गरेका हुन् ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजीनामा दिएका थिए । पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अव छानविन गरी कार्वाही गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै रहेको सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानविन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरु सबैलाई कार्वाही गर्न पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए ।