ओलीलाई खुल्ला चुनौती दिदै प्रचण्डले भने 'व्यक्तिको भनाइले अर्थ राख्दैन' - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ओलीलाई खुल्ला चुनौती दिदै प्रचण्डले भने ‘व्यक्तिको भनाइले अर्थ राख्दैन’



चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको भन्दै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला चूनौति दिएका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले बोली चिप्लिएको या अरू कसैले फसाएको भन्ने कुराको खण्डन गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी सचिवालयले समेत विज्ञप्तिको भावनाअनुसार वक्तव्य जारी गरेको भन्दै व्यक्तिको भनाइको अर्थ नहुने टिप्पणी गरे ।

तपाईको वक्तव्यलाई लिएर ओलीले शब्द चिप्लिएको भन्ने टिप्पणी गर्नुभएको छ नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो, मैले मिडिया हेरेको छैन्। आफैंले हेरेको, बुझेको छैन, त्यो वक्तव्य एउटा पोलिटिकल वक्तव्य थियो, एउटा स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्य थियो ।’