रुकुम पूर्वमा तनाव बढ्यो ,थप सुरक्षाकर्मी परिचालन - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

रुकुम पूर्वमा तनाव बढ्यो ,थप सुरक्षाकर्मी परिचालन



काठमाडौं, । सदरमुकामको विषयमा रुकुम पूर्वमा तनाव बढेको छ । अस्थायी सदरमुकामबाट सार्ने तयारी भएपछि आन्दोलन भइरहेकोमा अहिले उग्र बनेको हो ।

सिस्ने गाउँपालिका ५ र ६ बाट पुथाउत्तरगंगा गाउँपालिकाको गोल्खाडामा सार्ने विषयमा कुरा नमिलेको हो । यसै विषयमा विवाद भएपछि आन्दोलन चर्किएको छ ।

दुवै स्थानका स्थानीयबासीले सदरकुकामको दावी गरेपछि स्थिति तनावग्रस्त भएको छ ।

स्थानीयको आन्दोलनका कारण तनाव बढेपछि सुरक्षा व्यवस्था पनि थप चुस्त पारिएको छ । स्थानीयबीच झडप हुने स्थिति देखिएपछि सुरक्षकर्मी थपिएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।