नेकपा कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

नेकपा कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार



काठमाडौं । कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका हुन् । धनुषाको सबैला नगरपालिका १०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फिर्ता भएका कापरमाथि ८र१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियारसहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ।

कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन्। कापरको अवस्था गम्भीर रहेको छ।फाईल तस्विर