तराई पुगेपछि पूर्वराजा राजनीतिक भेटघाटमा व्यस्त - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

तराई पुगेपछि पूर्वराजा राजनीतिक भेटघाटमा व्यस्त



काठमाडौं  । करिब दुई सातादेखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

पूर्वराजाले सोमबार बेलुकासम्म २५० जनाभन्दा बढीसँग भेट गरेका छन् । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराईको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन् । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए ।

केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम छ । –नेपाल समाचारपत्र दैनिकबाट