कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी हुदैनन् :प्रवक्ता शर्मा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी हुदैनन् :प्रवक्ता शर्मा



काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका दर्जनौँ गल्ती सच्याउनुपर्ने भएकाले विरोध प्रदर्शन गर्न लागिएको प्रष्ट्याएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले केही गल्तीहरु सरकारले सच्याए पनि अरु थुप्रै गल्तीहरु सच्याउन बाँकी रहेको बताएका छन् ।

कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी नहुने प्रवक्ता शर्माले स्पष्ट पारेका छन् ।

संसदमा विरोध गर्दा पनि कुर्चि भाँच्ने काम नगरिएको शर्माले स्मरण गराए । तोडफोड गर्ने विगतका जस्ता प्रतिपक्ष कांग्रेस नभएको उल्लेख गर्दै शर्माले शालिन ढंगले प्रदर्शन गरिने जानकारी दिए ।

डा. गोविन्द केसीसँग भएको सम्झौता पालना नभएको, प्रतिपक्षी दललाई विश्वासमा नलिइ विधि प्रक्रिया मिचेर अघि बढिएको, प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितीमा संवैधानिक परिषदले गरेको निर्णय लगायतका काम गलत भएकाले विरोध गर्नुपरेको शर्माले बताए ।

“बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको जिम्मा किन चिनलाई दिइयो ? त्यही बुढीगण्डकी निर्माणका लागि संकलन गरिएको इन्धन कर खै ? निर्मला प्रकरणका दोषी खै ? वाइडबडी विमान खरिदमा अनियमितता गर्नेलाई कहिले कारबाही हुन्छ ?” शर्माले भने ।