चिकित्सकको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु,आफन्तले अस्पतालमा तोडफोड गरे - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

चिकित्सकको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु,आफन्तले अस्पतालमा तोडफोड गरे



झापा । झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरवाहीका कारण दुई वर्षीय बालकको मृत्यु भएको भन्दै बालकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । बालकको मृत्यु भए लगत्तै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरु विरुद्ध प्रर्दशन गरेका छन् ।

मेचीनगर–१३ स्थित काली झोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको इजेक्सन लगाए लगत्तै मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका हुन्। आइतबार बेलुका ६ बजे अस्पताल ल्याएका बालकको इजेक्सन लगाएको केहि क्षणमा नै मृत्युभएपछि डाक्टर र नर्स भने भागेको पीडित पारिवारले जनाएको छ ।

मृतकका बुबाका अनुसार छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इजेक्सन लगाए लगत्तै अवस्था सिकिस्त भएको र उपचारमा संलग्न चिकित्सकहरु समेत भागेकाले गलत औषधि प्रयोग भएको प्रष्ट भएको छ ।
चिकित्सककै लापरबार्हीका कारण बालकको मृत्युभएको निष्कर्ष निकाल्दै परिवार तथा आफन्तले हस्पिटलमा तोडफोड गर्न थालेपछि तत्काल त्यहाँ प्रहरी पुगेको थियो ।

प्रहरीले घटनालाई साम्य पार्न हवाई फायर गर्नुका साथै केहि सेल अश्रुग्यास प्रहार समेत गरेको थियो । अहिलेपनि अस्पताल परिसर तनावपूर्ण छ ।