रवि लामिछानेसँग बिहे गरेकी निकितालाई मन्त्री बास्कोटाले दिए कारवाही गर्ने चेतावनी - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

रवि लामिछानेसँग बिहे गरेकी निकितालाई मन्त्री बास्कोटाले दिए कारवाही गर्ने चेतावनी



काठमाडौं– मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा ‘एक्सन’मा उत्रने भएका छन् ।

आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर, बैठकमा वोर्ड अध्यक्ष नै अनुपस्थित भएपछि मन्त्री बास्कोटा आक्रोशित बनेका हुन् ।
‘चलचित्र विकास बोर्ड अध्यक्ष आउनुभएन ?’ मन्त्रीले यस्तो प्रश्न गरेपछि सहसचिव राधिका अर्यालले उपस्थित नभएको जवाफ दिएकी थिइन् ।

त्यसपछि ‘छुट्टी लिएको भए रेकर्ड हुनुपर्यो, हैन भने स्पस्टीकरण सोधेर कारवाही प्रकृया अगाडि बढाउनुस्, सधैं यसरी मनपरि गर्न कसैलाई पनि छुट छैन’ भन्दै मन्त्री बास्कोटाले निर्देशन दिएका थिए ।

निकितालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

पछि केपी ओली नेतृत्वको सरकारले उनलाई पदबाट हटाउने निर्णय गरेको भएपनि सर्वोच्चको आदेशपछि पुनः काममा फर्किएकी थिइन् ।