३ दिन सार्वजनिक बिदा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

३ दिन सार्वजनिक बिदा



काठमाडौं । तामाङ समुदायको बाहुल्यता रहेकाको स्थानीय तहले सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने भएका छन् । मुलुकको विभिन्न भेगमा केही गाउँपालिकाले सोनाम ल्होसारमा माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सिन्धुलीको हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले ल्होसारमा सार्वजनिक बिदा दिने जनाएको छ । हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास छ । मरिण र घ्याङलेख गाउँपालिकाले पनि सोनाम ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ती गाउँ गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास छ ।

त्यस्तै काभ्रेको काभ्रे । रोशी र तेमाल गाउँपालिकाले पनि ल्होसारमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ ।सोनाम ल्होसारमा प्रदेश २ सरकारले एकदिन सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश २ सरकारले माघ २२ गते बिदा दिने जनाएको छ । मुलुकका अन्य केही गाउँपालिकाले पनि ल्होसारमा बिदा दिने जनाएको छ ।