को सँग कुम जोडी नाचौँ लाग्यो किशलाई रङ्गीन रातमा ?(भिडियो) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

को सँग कुम जोडी नाचौँ लाग्यो किशलाई रङ्गीन रातमा ?(भिडियो)



काठमाडौं:सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गीत “कुम जोडी नाचौँ लाग्यो” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि श्रोता दर्शकले अत्यधिक रुचाएका थिए । नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ यममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासङ्घका संस्थापक अध्यक्ष समेत हुन् । उनको पछिल्लो गीत “कुम जोडी नाचौँ लाग्यो” डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । युगल गीत “कुम जोडी नाचौँ लाग्यो” गीतमा किशन रेग्मी सँगै गायिका रेश्मा केसीको स्वर रहेको छ ।

कलाकार तथा चलचित्र निर्देशक शिशिर राणाको निर्देशनमा गायक रेग्मीको “कुम जोडी नाचौँ लाग्यो” गीतको भिडियो निर्माण भएको छ । हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको “कुम जोडी नाचौँ लाग्यो” गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो जसलाई कमल राईले कोरियोग्राफी गरेका छन् भने शिव ढकालले छायाङ्कन गरेका हुन । उक्त भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डी योगीको सङ्गीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकर्डिङ स्टुडियो टेक्ससमा रेकर्डिङ गरिएको हो ।