पूजामा व्यस्त पारसलाई एक्कासी हृदघात - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पूजामा व्यस्त पारसलाई एक्कासी हृदघात



काठमाडौं– पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उनी पाटन गएका थिए ।

अपराह्न १२ः ०० बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा पारसलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । उनको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट सुरु भएको थियो । शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलगअलग समूह आएको थियो ।

पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त भएका उनलाई एक्कासी छाती दुःखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराएका थिए । पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ । नेपाल समाचारपत्रबाट