मौसम खाराबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा ठप्प - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

मौसम खाराबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा ठप्प



काठमाडौं– मौसम आएको खाराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा ठप्प भएको छ।

बाक्लो हुस्सुका कारण धावन मार्गमा ‘भिजिवलिटी’ कम हुँदा आइतबार बिहानैदेखि आन्तरिक तथा बाह्य कुनै पनि उडान हुन नसकेको त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बताए।

उडानका लागि धावन मार्गको ‘भिजिवलिटी’ कम्तीमा १ हजार ५ सय मिटर हुनुपर्छ। ‘तर, अहिले विमानस्थलको भिजिवलिटी १ सय मिटर पनि छैन’, क्षेत्रीले भने।

कतिपय विमानहरु भिजिवलिटी कम भएका कारण अवतरण गर्न नसक्दा आकाशमै ‘होल्ड’ भएका छन्। कतिपय आन्तरिक उडानलाई भने डाइभर्ट गरिएको छ।

माैसम अनुकूल हुनासाथ विमानस्थल पुन: सुचारु हुने पनि क्षेत्रीले बताए।

त्रिभुवन विमानस्थलबाट दैनिक ३ सयभन्दा बढी आन्तरिक र ८० भन्दा बढी अन्तराष्ट्रिय उडान हुने गर्छ