कर्णाली प्रदेश विकासका आधार
रितेश पन्थी
संविधान कार्यन्वयनको सन्दर्भमा मुलुकमा नयाँ अध्याय सुरु भैसकेको छ केन्द्रमा केन्द्रीय सरकार प्रदेशमा प्रादेशिक सरकार र स्थानीय स्तरमा स्थानीय सरकार भएका छन् ।अबको मूल बाटो भनेको विकास र समृद्धि हो तेस्का लागि प्राथमिकता क्षेत्र तोकेर ठोस काम गर्ने मोडल अपनाउनुपर्छ।कर्णाली प्रदेश नेपालको पश्चिम क्षेत्रमा अवस्थित प्रदेश हो।देश सघियतामा गएसङै विकट प्रदेशको विकास र समृद्धिको लागि सम्बन्धित क्षेत्रको जनता,सरकार र स्थानीय निकाय,नागरिक समाज सबै लाग्नुपर्छ।प्रदेश समृद्धिको मुख्य आधार नै यहाँको जडीबुटी,जलबिधुत र पर्यटन र कृषि हो।
जडीबुटी
कर्णाली प्रदेश जडीबुटीमा धनी प्रदेश मानिन्छ ।प्रदेश बन मन्त्रालयको तथ्याङ्क हेर्दा कर्णालीमा जडीबुटीको भणडार निकै ठुलो देखिन्छ।यहाँका १० जिल्लाले वार्षिक १ करोड ४२ लाख ७ हजार केजी जडीबुटी सङ्कलन गर्ने क्षमता राख्छन् ।तर सङ्कलन दर भने न्यून रहेको छ।एक अध्ययन अनुसार कर्णालीमा मात्र ७ सय ९२ प्रजातिका जडीबुटी छन् ।ती जडीबुटीको पहिचान गरी देशबाहिर निर्यात गर्न सकियो भने नेपालको आर्थिक उन्नतिमा कायापलट गर्न सकिन्छ ।तर सरकारले हालसम्म ६४ प्रजातिको पहिचान गरी ४९ प्रजातिको लागि मात्र संकलनपुर्जी दिने गरेको छ ।साथै यहाँ भएको जडीबुटी व्यवस्थित तरिकाले सङ्कलन गरी बजारीकरण गर्न सकियो भने सबैभन्दा ठुलो समृद्धि यहीँबाट सुरु हुन्छ ।यो प्रदेशमा बहुमूल्य जडीबुटी यार्सागुम्बाको लागि प्रख्यात छ ।
यार्सागुम्बालाई राम्रोसङ सङ्कलन गर्न सकियो र राज्यको संयन्त्रमार्फत व्यवस्थित गर्न सकियो भने यहाँको जनताकोस्तर राम्रो र प्रदेशको समृद्धि हुन धेरै बेर लाग्दैन।तर बजार पहिचान गर्न नसक्दा बहुमूल्य जडीबुटी कौडीको भाउमा वैध र अवैध रूपले विदेश निर्यात भइरहेको देखिन्छ। यार्साकै कुरा गर्दा स्थानीय बिक्रेतालाई यसको उपयोगिता र बजार कहाँ हो भन्ने थाहा छैन। बाहिरबाट आएकाले आफै मूल्य तोकेर कता लैजान्छन् थाहा हुँदैन। स्वदेशमा जडीबुटीको अध्ययन र प्रशोधन हुने व्यवस्था नहुँदा नेपाली जडीबुटीले वास्तविक बजार नपाएको हो।कर्णालीबाट बर्सेनि अर्बै रुपियाँको जडीबुटी निकासी हुन्छ तर यसको अनुपातमा राजस्व सङ्कलन भने न्यून हुन्छ ।यसले राज्यलाई अपेक्षित राजस्व दिन सक्दैन । जसको मुख्य कारण चोरी निकासी नै हो ।यसैले कर्णालीको पहाडमा रहेका जडीबुटीलाई उचित मूल्य दिलाउन राज्यले प्रभावकारी योजना बनाएर काम गर्नुपर्छ।राज्यले सङ्कलित जडीबुटीलाई बजारसम्म पुराएर सही मूल्य दिन सक्नुपर्छ ।जडीबुटीको पहिचान ,बजार व्यवस्थापन,आवश्यक पूर्वधार निर्माण यसका आधारभूत तत्त्व हुन ।देश सङ्घीयतामा गएसङै स्थानीय सरकार र प्रदेश सरकारले आवश्यक नीति नियम तर्जुमा गरी आफ्नो आन्तरिक आयस्रोतको रूपमा यसलाई उपयोग गर्न सक्छन् ।
पर्यटन
कर्णाली प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बिस २०७५ लाई “कर्णाली रारा पर्यटन वर्ष”अभियानको रूपमा मनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री केपी ओलीले उक्त कार्यक्रमको उद्घाटन गर्नुभैसकेको छ ।बिस २०७५ मा कर्णालीमा ५ लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष्य छ।कर्णालीमा रारा,शे-फोक्सुन्डो ,बुलबुले ,बराहताल,स्यार्पुताल र कुभिन्डेदहका साथै काक्रेबिहार,पन्चदेवल ,देउतीबज्यै र चन्दनाथ,सिन्ज्याल जस्ता धार्मिक र पुरातात्त्विक महत्त्वको स्थल छन्।नेपालको सबै भन्दा अग्लो भनिएको पचाल झर्ना पनि यही प्रदेशमा अवस्थित छ ।भेरी र कर्णालीमा र्याफटिङ सञ्चालन गर्नुको साथै मानसरोवर गन्तव्यबाट पर्यटनको विकास गर्न सकिन्छ।
जलबिद्धुत
सरकारी तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा करिब १८ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ।यो सबैभन्दा बढी बिद्धुत उत्पादन हुने सम्भावना भएको प्रदेश हो।यस प्रदेशबाटै सारा नेपाललाई पुग्ने बिजुली उत्पादन हुनसक्छ।तर हालको आँकडा हेर्दा कर्णालीमा सबैभन्दा कम बिद्धुत उत्पादन भएको छ।द्वारिकालाल आयोजना (३.७५)मेगावाट आयोजना बाहेक कर्णाली प्रदेशमा बिधुत उत्पादन गरेका अन्य आयोजना छैनन् ।माथिल्लो कर्णाली,तिला १ र २,नलगाड,बेतान कर्णालीले निर्धारित समयमै पूरा भए विद्युतबाटै प्रदेशले लाभ लिने उल्लेख्य आधार छन्।
कृषि
कृषिले नै देश र कर्णाली प्रदेशको विकास गर्न सकिन्छ तर जलवायु परिवर्तन र विकट भुधरातलले गर्दा कृषिमा यहाँको प्रदेशले फड्को मार्न सकेको छैन ।यहाँको प्रदेशमा मौसमी खाघबाली नगदेवाली लाएर कृषिमा प्रगति गर्न सकिन्छ।
यसरी सङ्घीयताको कार्यन्वयन गर्न र देशकै कान्छो प्रदेश कर्णालीलाई पिछडिएको क्षेत्रबाट हटाउन बजेट समयमै कार्यन्वयन गर्नु र सरकारले उपलब्ध अपार स्रोतलाई समयमै सदुपयोग गर्न सकेमा १० जिल्ला रहेको कर्णाली प्रदेशले विकासको कोल्टे फेर्न धेरै वर्ष कुर्नु पर्दैन। (लेखक हाल मध्य पश्चिमाञ्चल विश्वबिधालयमा स्नातक कानुन सङ्कायमा अध्ययनरत छन्)