अब कांग्रेसले सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्छ :नेता थापा
काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन् । सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए ।
थापाले अमुख मेडिकल कलेज खोल्ने उदेश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए । साथै उनले आज सदनमा भएको काम कारबाही नहुनु पर्ने तरिकाले बताएको बताए ।
समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने कुरालाई कुल्चेर विधेयक पारित गरेको उनले बताए । उनले आजको गतिविधि सरकार र सभामुख दुबैका लागि महंगो पर्ने बताए ।
थापाले अब कांग्रेसले सदन र सडक दुबै ठाउँबाट आन्दोलन गर्ने बताए । ‘सरकारले निषेधको राजनीति सुरु गरेको छ, सभामुख आदेश पालक जस्ता देखिएका छन्,’ उनले भने, ‘यसको जवाफ हामीले दिन्छौँ ।’ संसदमा आज नेपाली कांग्रेसको अवरोधका बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएको छ ।