तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरियो :देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ । आफूहरुसँग कुनै सल्लाह नै नगरी बैठक नबसी विधेयक पारित गरेकाले सडक र सदनमा आन्दोलन चर्काउने सभापति देउवाको भनाइ छ ।
कांग्रेस नेता गगन थापाले सरकारले प्रतिपक्षीसँग मुठभेड गर्न खोजेको आरोप लगाउनु भएको छ । दुई तिहाईको दम्भले गर्न नहुने काम पट्टी सरकार लागेको उहाँको भनाई छ । कांग्रेसलाई जिस्क्याएको नेकपाले अबका दिनमा ठूलो मूल्य चुकाउनुपर्ने उहाँको भनाइ छ । कांग्रेसमाथि जालझेल गरेर बैठक बोलाएर अन्ततः विधेयक पारित गरेको प्रति कांग्रेसले चर्को आलोचना गरेको छ । डा. गोविन्द केसीलाई सरकारले वेवास्ता गर्दै मरे मरोस् भन्ने अठोट लिएको पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका थापाले बताउनुभयो ।
नेकपाको जीत भएको बताउँदै नेता थापाले खुसीयाली मनाउन आग्रह गर्नुभयो ।