राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । सभामुख कृष्णबहादुर महराले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको विधेयक शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले मन्त्री पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको हो। कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए ।
विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भयो ।
अहिले संसदको बहुमतले उक्त विधेयक पारित गरेको छ । संसद बैठक माघ १७ गते बिहिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।