वाइडबडी विमान खरिद प्रकरण अख्तियारले हेर्ने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

वाइडबडी विमान खरिद प्रकरण अख्तियारले हेर्ने



काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्यण भएको अख्तियार स्रोतले जनाएको छ ।

‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ,’ अनुसन्धान अधिकृतहरुसमेत तोकेर काम अघि बढिसकेको छ,’ अख्तियार उच्च स्रोले भन्यो, ‘नेपाल वायुससेवा निगमबाट केही फाइल मगाइएको छ । त्यसको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयानसमेत सुरु हुनेछ ।’ कान्तिपुर दैनिकबाट