माघ १६ गते सार्वजनिक विदा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

माघ १६ गते सार्वजनिक विदा



काठमाडौं । प्रदेश ३ सरकारले आउँदा माघ १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १६ गते शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेका हाे ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्ने विदा दिने निर्णय गरेको बताइएकाे छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केही सार्वजनिक लिखीत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि स्वीकृत गर्ने निर्णय गरेको छ।

विगतमा माघ १६ गते सरकारले देशभर बिदा दिने गरेको थियो । पछिल्ला केही वर्षमा संघ सरकारले विदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।