रक्सी पिउन सलमान शिल्पाको घरमा ! - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

रक्सी पिउन सलमान शिल्पाको घरमा !



मुम्बई । वलिउड अभिनेता सलमान खान ५३ वर्ष पुगिसकेका छन् ।सलमान खान कहिले विवाह गर्छन् ? सलमानलाई धेरै सोधिने प्रश्न हो यो । उनी सधैँ प्रेमसम्बन्धका कारण चर्चामा आइरहन्छन् ।

उनको नाम थुप्रै हिरोइनसँग जोडिएको छ । अहिले भने एक समय सलमानकी प्रेमिकाका रूपमा समेत कहलिएकी अभिनेत्री शिल्पा शेट्टीले केही खुलासा गरेकी छिन् ।

९० को दशकमा सलमान र शिल्पाको अफेयरले बजार पिटेको थियो । दुवैले सार्वजनिक रूपमा यसलाई स्वीकार गरेनन् । सम्बन्ध कुनै पनि मोडमा पुगेन र शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरिन् ।

विवाह भएको ९ वर्षपछि भने शिल्पाले सलमानसँगको सम्बन्धलाई लिएर मुख खोलेकी छिन् । उनले भनेकी छिन्, ‘कहिलेकाहीँ सलमान मेरो घरमा आएर वास बस्थे । कहिलेकाहीँ सलमानले मेरो बुबासँग रक्सी पनि पिउँथे ।’

उनले भनेकी छिन्, ‘मलाई याद छ, बुबा बितेपछि सलमान घर आएर सीधै टेबलनजिक गए । जुन टेबलमा सलमान र बुबाले पिउँथे । पुरानो दिन याद गरेर उनी निकै रोएका थिए ।’

सलमान र शिल्पा दश, शादी करके फस गया यार, फिर मिलेंगे, गर्वलगायत फिल्ममा सँगै देखिएका थिए । एजेन्सी