सरकारी गाडी त्यागेर कांग्रेस संसदीय दलका नेता चड्न थाले अटो रिक्सा - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सरकारी गाडी त्यागेर कांग्रेस संसदीय दलका नेता चड्न थाले अटो रिक्सा



बुटवल । प्रदेश नम्बर ५ नेपाली कांग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले आफुले चढ्दै आएको सरकारी गाडि संसद सचिवालयमा फिर्ता गरेका छन् ।

प्रदेश पाँच प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महंगोमा गाडी खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि उनले बिवादमा रहेको गाडि नचढ्ने र निश्पक्ष छानवीन हुनुपर्ने माग गर्दै आफुले चढ्दै आएको गाडी फिर्ता गरेका हुन् ।

नेता पोखरेलले आफू चढिरहेको लु १ झ ४४७ नं. को गाडीको चाबी फिर्ता संसद सचिवालयका सचिब दुर्लभकुमार पुन मगरलाइ फिर्ता गरेका हुन् ।

सचिवालयमा चावी बुझाउदै सभापति प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका पोखरेलले भने—‘ सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले बिबादित गाडी चढ्नु उपयुक्त छैन ,त्यसैले नैतिकताको आधारमा गाडी फिर्ता गरेको हुं ।’ गाडी फिर्तापछि उनी अटो रिक्सा चढेर घर फर्किएका हुन् ।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा (टाटा स्ट्रोम) गाडी खरिद गरेको थियो ।

यस्तै गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पनि सचिवालयले उपलब्ध गराइ आफुले चढ्दै आएको लु १ झ ४४१ नं. को गाडी फिर्ता गरेका थिए ।