कैलालीको भजनीबाट वनका एक कर्मचारी घुससहित पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कैलालीको भजनीबाट वनका एक कर्मचारी घुससहित पक्राउ



धनगढी : कैलालीको भजनीबाट वनका एक कर्मचारी घुससहित पक्राउ परेका छन्। भजनीस्थित सामुदायिक वनबाट बिहीबार दिउँसो १० हजार रुपैयाँसहित पक्राउ परेका हुन्।

नगद लिँदै गर्दा भजनी सेक्टर वन कार्यालयका वन हेरालु हरिशचन्द्र कुमारलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए।

उनले लौकाह भौकाह सामुदायिक वनबाट १० हजार नगद घुस लिँदै गर्दा पक्राउ गरेको उनले बताए। कुमारलाई थप अनुसन्धानका लागि शुक्रबार काठमाडौं लगिने जनाइएको छ।