जन्ती बोकेको बस पाल्पामा दुर्घटना : १७ जना घाइते, तीनको अवस्था गम्भीर - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

जन्ती बोकेको बस पाल्पामा दुर्घटना : १७ जना घाइते, तीनको अवस्था गम्भीर



पाल्पा : बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहीबार साझ जन्ती बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

नायरनमतलेसको बगनासबाट दाङतर्फ जाँदै गरेको ना५ख ७२३८नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। उनका अनुसार घाइते सबैको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।

ठूलो बस भएकोले साघुरो सडकमा मोड लिने क्रममा साझ करिब छ बजे दुर्घटनामा परेको उनले बताए। बेहुला-बेहुली भने अर्को गाडीमा रहेकोले सकुशल रहेका छन्।

फाईल तस्विर