प्रम ओलीले उदघाटन गर्न लागेको बन्दरगाहको बिषयलाई लिएर प्रहरी र स्थानीय बीच झडप
काठमाडौं । चोभारस्थित उदघाटन हुन लागेको सुख्खा बन्दरगाहको बिषयलाई लिएर स्थानीयवासीले बिरोध गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले आज उदघाटन गर्न लाग्नुभएको बन्दरगाहको बिषयलाई लिएर प्रहरी र स्थानीयको झडप भएको हो । स्थानीयले कार्यक्रमको बिरोध गरेपछि प्रहरीले अवरोध हटाउन लाठ्ठी चार्ज गरेको छ ।
कार्यक्रम स्थलबाट २ दर्जन भन्दा बढी स्थानीयलाई प्रहरीले नियन्त्रण गरेको छ । कार्यक्रम वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।फाईल तस्विर