ओलीले मतदातालाई बालुवाटार छिर्न दियनन - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ओलीले मतदातालाई बालुवाटार छिर्न दियनन



काठमाडौं– सुरक्षाको माग गर्दै काठमाडौं आइपुगेका प्रधानमन्त्री केपी ओलीका मतदाताले आफ्नो मागउपर सुनुवाइ नभएको र १० दिन पर्खंदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकोले काठमाडौंमै रिले अनशन बस्ने चेतावनी दिएका छन् ।

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दा मुआब्जा दिनुको साटो उल्टै मोबाइलबाट ज्यान मार्ने धम्की आएको गुनासो उनीहरुले गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताए ।

नेपाल समाचारपत्रबाट